दुर्गमका बालबालिकालाई शैक्षिक सामग्री उपहार अभियान
परिचय÷प्रेरणा
वि.स. १८९१ को दशकमा भानुभक्तले ‘घाँसी’ कविता लेखे । कविताको मुख्य पात्र हुुन् घाँसी, जसले घाँस काटेरै तनहुँको एउटा गाउँमा कुवा बनाए । उनको खास परिचय त अहिले पनि खुलेको छैन तर उनको चर्चा बेला बेलामा भैरहन्छ । कवितामा भानुभक्तले आफू र आम मान्छेलाई प्रश्न गरेका छन्–घाँसीले त समुदायका लागि कुवा बनाइदिन सक्छ हामी किन केही गर्न सक्दैनौं ? अर्थात उनले मानवको समाजप्रतिको उत्तरदायित्व सम्झाइदिएका हुन् । यो प्रशंग किन जोडिएको हो भने रहेक मानिसका व्यक्तिगत जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व पनि हुन्छ । हरेक व्यक्तिले घाँसीले जस्तै समाजमा सानो ठूलो योगदान पु¥याकै हुन्छ । सार्वजनिक कार्यमा आर्थिक र नैतिक सहयोग, श्रमदानलगायतका काम गरेर ।
अब हामीले किन केही नगर्ने ? ‘जे सक्छौं त्यही गरौं तर राम्रो काम गरौं’ भन्ने भावनाले हामीले पनि सानो तर केही महत्वकांक्षी अभियानको सुरुआत गरेका छौं, ‘दुर्गमका विपन्न बालबालिकालाई शैक्षिक सामग्री उपहार’ । हामी यो अभियान व्यक्तिको होइन तपाईंहरु सबैको साझा बनाउन चाहन्छौं । तसर्थ यो अभियानमा हामी सकभर धेरैभन्दा धेरै व्यक्तिहरुलाई गोलबद्ध गराउन चाहन्छौं ।
नेपालमा माध्यामिक तहको शिक्षा अनिवार्य तथा निःशुल्क घोषणा गरिएको छ तर अहिले पनि एउटा कापी र विद्यालय पोशाक किन्न नसकेर विद्यालय जान नसक्ने विद्यार्थीहरु धेरै छन् । हामी यसकारणले अभियान सञ्चालन गर्न प्रेरित छौं । एकपटक स्मरण गर्नै पर्छ, म्याग्दीकी कक्षा ६ मा अध्ययनरत बालिका पूजा खत्रीले विद्यालयका प्राधानाध्यापकलाई लेखेको पत्र । उनले आफूलाई विद्यालयबाट निष्कासित गरिदिन भन्दै पत्र लेखेकी थिइन् ।
पूजाको छोटो पत्रमा लेखेकिछिन्–म धेरैजसो विद्यालयमा उपस्थित हुन सकिनँ, अब मलाई रेस्गिेट गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु । उनले पत्रको अन्तिममा कारण खुलाएकी थिइन्, ‘घरमा न खाने खर्च छैन । लेख्ने पढ्ने कापीकलम नभएकोले हो सर । म बाध्यताले विदालयमा आउन सकिनँ, मलाई पढाइदिने कोही छैन ।’
यो एउटा प्रतिनिधि घटना मात्रै हो । दुर्गम भेकमा यस्ता बाध्यता बोकेर पढ्ने, लेख्ने सपना देख्न छोडेका भविष्यका कर्णधार कति होलान् ? यस्ता घटना राज्यमाथिको प्रश्न मात्रै होइन, हामी आम नागरिकमाथि पनि प्रश्न हो । यस्तै कारणले हामी यो अभियानमा प्रेरित भएका छौं । र, आम समुदायलाई यो अभियानमा सादर निमन्त्रण गर्दछौं ।

अभियानको लक्ष्य ः पहिलो चरणमा दुर्गमका विपन्न विद्यार्थीलाई ५० हजार कापी सहयो गर्ने ।
अभियानको उद्देश्य ः दुर्गमका विपन्न बालबालिकालाई लेखपढका लागि सहायता गर्ने ।
लक्षित वर्ग÷क्षेत्र ः विपन्न बालबालिका, अभिभावक र विद्यालय ।
अभियान क्षेत्र ः नेपालको दुर्गममा क्षेत्रका विद्यालय ।
आशातित उपलब्धिहरु
ड्ड दुर्गमका विपन्न विद्यार्थीमा पढ्ने वातावरण सिर्जना हुनेछ ।
ड्ड दुर्गमका विपन्न विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार हुनेछ ।
ड्ड अभिभावकलाई थोरै भए पनि आर्थिक भार घट्नेछ
ड्ड आम नागरिकमा सामाजिक उत्तरदायित्व बोध हुनेछ ।

अभियानको मेरुदण्ड ‘स्वर्णिम रहस्य’
पहिलो चरणमा ५० हजार कापी सहयोग गर्ने लक्ष्य पूरा गर्नका लागि हामीले ‘स्वर्णिम रहस्य’लाई मुख्य आधार मानेका छौं । यो पुस्तक बिक्रीबाट आएको रकमले शैक्षिक सामग्री सहयोग गर्ने योजना अघि बढिसकेको छ । खेम शर्माद्वारा लिखित यो पुस्तक हाल अष्ट्रेलिया र नेपालमा उपलब्ध छ । अष्ट्रेलियामा बिक्री भएको एउटा पुस्तकको रकमबाट १०० पृष्ठका ६ वटा कपी खरिद गरिनेछ भने नेपालमा बिक्री हुने पुस्तकको सबै रकम अभियानकै लागि खर्च गरिनेछ । यसप्रकारले अभियान अघि बढ्ने छ ।
हामीले आँट गरे पनि यो अभियान सफल बनाउन तपाईंहरुको हात रहनेछ । हामीले तपाईंहरुको साथ खोजेका छौं । तपाईंहरुलाई पनि अभियानमा संलग्न हुन हामी प्रस्ताव गर्दछौं ।

के हो स्वर्णिम रहस्य ?
आध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर आध्यात्मिकता र वैचारिकतालाई व्यवहारिक र वैज्ञानिक ढंगले यस पुस्तकले पस्किएको छ । यी दुवै पक्षको सन्तुलनबाट मात्र अहिलेको मानव अनुशासित, सुखी र सफल बन्न सक्छ । यस्तै सफल जीवनका सरल विधिहरुको उत्खनन् गरी यस पुस्तकमा २५ सूत्रहरु अगाडि सारिएको छ ।

काम र विश्रामबीचको सन्तुलन, समय र परिस्थितिबीचको सन्तुलन, मनोविज्ञान र शरीरबीचको सन्तुलन, धन र स्वास्थ्यबीचको सन्तुलन कायम गर्ने सरल सुत्रहरु यस पुस्तकभित्र छन् । अझ कर्मेन्द्रीय र ज्ञानेन्द्रीयबीचको सन्तुलनबाट जीवनलार्य क्रियाशील बनाउने सरल सूत्रसमेत पुस्तकमा रहेका छन् ।
आत्मानुशासनका २५ बाँधहरुको कुशल इन्जिनियरिङ गरिएको यो पुस्तक बिहान उठेदेखि राति नसुतेसम्मको समयलाई कसरी ऊर्जाशील बनाउने ? निश्चिन्त भएर कसरी निदाउने ? जस्ता प्रश्नहरुको जवाफले आच्छादित छ । समयको पूजा गर्ने अनुभवसिद्ध तथ्यहरु रहेको यस पुस्तकमा समयलाई भगवान् ठानी यसैको पूजा गर्न सिकाइएको छ । अरुलाई चिन्न खोज्दा आफैँलाई बिर्सने मानवीय कमजोरी हटाउने र एक सफल, स्वाधीन र पूर्ण मानवको कालीगढी यस पुस्तकमा गरिएको छ ।

अभियानमा कसरी सहभागी हुने ?
हाम्रो आधार भनेको ‘स्वर्णिम रहस्य’ हो । यसलाई पनि हामी तपाईंको हातमा सुम्पिन चाहन्छौं, जसले तपाईंलाई अभियानमा संलग्न बनाउनेछ । जसका लागि तपाईं (व्यक्ति वा संस्था)ले केही थान पुस्तक उपहार दिनुपर्नेछ । तपाईंले १०० पुस्तक उपहार दिन चाहनुभयो भने ५० वटा पुस्तक तपाईंले उपहार दिने आफन्त, साथीभाइको ठेगानामा हामी आफैं उपलब्ध गराउनेछौं । बाँकी ५० वटा पुस्तक र एक सय पृष्ठका थप ६०० कापी हामी तपाईंकै नामबाट तपाईंले नै सिफारिश गरेका दुर्गमका विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालालाई सहयोग गर्नेछौं ।

सहयोग कार्यक्रमको रुपरेखा
हाम्रो टिम
१. खेम शर्मा
२. मनऋषि धिताल
३. एकराज पाठक
४. सुशील अर्याल
५. खेम लकाइ
६. सुदर्शन आचार्य