“वीर अस्पताल सफाईको काम निरन्तर छ”

 

नेपालको पहिलो तथा बहुसंख्यक जनताको भरोसाको केन्द्र वीर अस्पताल सफाईको आज हामी १५ औँ दिनमा छौँ । हामीले नेपालको हालसम्मको एक मात्र अन्तरास्ट्रिय विमानस्थल, संसार भरिका हिन्दुहरुको पबित्र तिर्थस्थल पशुपतिनाथ, पर्यटन बोर्ड लगायतका ठाउहरुमा सफाई अभियान चलाउदै गर्दा नेपाल सरकारका माननीय स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालज्यूको चाहना अनुशार वीर अस्पताल सफाई अभियानमा सक्रिय रुपमा सहभागिता जनाउने अवसर पाएका छौ ।

सुरुमा १५ दिन भित्र सक्ने योजना बनाइएको भए पनि अस्पतालको सरसफाई गर्दै जाँदा रंगरोगन र प्रारम्भिक मर्मर्तसम्हारको काम समेत गर्न सकेको खण्डमा यस अभियानले अझै पूर्ण सार्थकता पाउने महसुश गरी नेपालका चर्चित हास्य जोडी तथा समाजसेवी धुर्मुस सुन्तलीजीको नेतृत्व र सहभागितामा यो कामको पनि थालनी गर्यौ । नेपाल सरकारका सरसफाई दुत समेत रहीसकेका प्रसिद्ध कलाकार धुर्मुस-सुन्तलीजी लगायत अथकरुपमा खट्नु भएका सम्पूर्ण अभियन्ताहरुको यस कार्यप्रतिको नेत्रित्यो र खटाई अत्यन्तै प्रसंशनीय छ ।

यस स्वयंसेवी कार्यमा बाग्मती सफाई महाअभियान, भद्रगोल हास्य समूह, सिस्नुपानी नेपाल, दारी ग्याङ्ग समूह, चक्रपथ सफाई समूह, झापाली समाज लगायत अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देश भित्र र बाहिर बस्ने तीन करोड नेपाली नै संगै हिडेको हामीले महसुस गरेका छौ । यस सफाईको कार्यमा आवश्यक सहयोग र समन्वय गरेकोमा स्वास्थ्य मन्त्रालय, वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलगायत सम्पूर्ण अस्पताल परिवार र सबैप्रति हामि हार्दिक आभार छौ ।

हामी निरन्तर काममै छौँ । हाम्रो यो अभियान गैर आवासीय नेपाली संघले अगाडी सारेको सफाईका क्षेत्रमा सीप हस्तान्तरण गर्ने प्रक्रिया पनि हो । यहाँ हाम्रा १५ जना र अस्पतालका १०जना गरि जम्मा २५ जना सफाई मजदुर साथीहरुले बेलुका ८:३० देखि बिहान ४:३० बजेसम्म सँगै काम गर्दै वीर अस्पतालका मजदूरहरुलाई सीप सिकाइरहेका छौ । हामीलाई आशा छ यो अभियान सकिएपछि पनि आगामी दिनमा सीप सिकेका तिनै मजदुरसाथीहरुबाट अस्पताल सफाईको गुणस्तर कायमै रहने छ । हाल रंगरोगन समेत गरी यो अभियानमा दैनिक खटेका करिब १०० जना मजदुर साथीहरु सबै यस अभियानका अभिन्न पात्र हुनुहुन्छ । तपाईँहरु सबैजनाको दिन रातको खटाइ , सद्भाव र साथले हामीमा उर्जा प्रेरणा थपिएको छ ।

प्रारम्भिक सरसफाईमा रंगरोगन संसंगैको सफाई समेतको काम थपिएकोले हामीले आज मे २०मा नै पूरा गर्न त सकेनौँ, तर अस्पताल सफा र सुन्दर हुदै गएको, हरदिन हजारौँको संख्यामा त्यहाँ पुग्ने सेवाग्राही लगाएत सर्वसाधारण तथा सबै जनताको आशिर्वाद प्राप्त भइरहेकोले हामीलाई काममा थप प्रेरणा र आत्मबल मिलेको छ । अहिले यो एउटा अस्पतालको मात्र सफाई गरिएको जस्तो देखिएता पनि यो हाम्रो नेपालका सबै अस्पताल एवम् सिंगो देश नै सफा गर्ने अभियान भएकाले आगामी दिनमा पनि हामीलाई तपाइँ हरु सबै बाट यस्तै माया पाउने आशा एबम अपेक्षा छ । यो अभियानले पूर्णता नपाउँदासम्म हामीमाथि सबैको सद्भाव निरन्तर चाहिन्छ ।

यस अभियानले सम्माननीय प्रधानमन्त्रीज्यूको ‘सुखी नेपाली, समृद्ध नेपाल’ तथा माननीय स्वास्थ्य राज्यमन्त्रीज्यूको ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ निर्माण अभियानमा कोशे ढुङ्गो थपिएको हामीले महसुस पनि गरेका छौ ।

धन्यवाद


Related Media Posts

वीर अस्पताल सरसफाई अभियान

स्वास्थ राज्यमन्त्री पद्मा अर्यालले यसरी पुछिन वीर अस्पतालको ट्वाइलेट

Health Ministry starts Bir Hospital clean-up drive

५ तस्वीरमा हेर्नुहोस्, यसरी बौरिदैँछ वीर अस्पताल

बौरिँदैछ वीर अस्पताल

बौरिँदैछ वीर अस्पतालः खटिएका छन् ‘धुर्मुस-सुन्तली’ र खेम शर्मासहितको टोली

रूप परिवर्तन गर्दै वीर अस्पताल, धुर्मुस–सुन्तली र खेम शर्मा लगायतको टीम दैनिक १८ घण्टा काममा

वीर अस्पतालमा सुरु भयो सफाइ अभियान, धुर्मुस र खेमसँगै राज्यमन्त्रीले सफा गरिन् ट्वाइलेट

रुप फेर्ने तयारीमा वीर अस्पताल, यसरी हुँदैछ अहोरात्र काम

वीर अस्पतालको सरसफाइ अभियानमा सहभागी हुँदै खेम शर्मा र धुर्मुस सुन्तली

शौचालयको प्यान पुछेर वीर अस्पतालको सरसफाई अभियान शुभारम्भ