स्वर्णिम रहस्य पुस्तक बिमोचन कार्यक्रम
आदरणीय अबिभावक ज्यु हरु, मित्रहरु तथा मेरा पारिवारिक सदश्यहरु सबैमा मेरो पुस्तक “स्वोर्निम रहस्य” प्रकाशित भएको र हिजो बेलुका देखि अस्ट्रेलियामा बिमोचन भएको जानकारी दिन चाहन्छु | करिब नौ महिनाको श्रम र तयारी पछी लेखिएको पुस्तक आज बिमोचन हुदा मलाइ निकै खुशी लागेको छ| अनुशासित जीवनशैलीबारे मेरा अनुभवसिद्द बिचारहरु संग्रहित यो पुस्तकको बिमोचन समारोहमै सैयौ पुस्तक किनिदिनु हुने र हजारौ प्रति अर्डर गरिदिनुहुने आदरणीय पाठकहरु प्रति हार्दिक आभारी व्यक्त गर्दछु |
बिगत केहि महिना देखि म यो पुस्तकको तयारी प्रकाशनमा लाग्दा मेरा आदरणीय अविभावक , मित्रहरु र परिवारजनहरुसंग नियमित सम्पर्कमा रहन सकिन र सामाजिक संजालहरुमा पनि नियमित हुन सकेको थिएन | म नियमित सम्पर्कमा रहन नसकेकोमा सबै प्रति क्षमाप्रार्थी छु | र, अब आआफ्नो ठाउमा नियमित सम्पर्कमा रहने प्रतिज्ञा गर्दछु |
मेरो पुस्तक अध्ययन गर्न चाहने मित्रहरुकालागि संसारभर बिभिन्न माध्यम मार्फत चाडैनै उपलब्ध हुने जानकारी गराउछु |

Related Media Posts

विमोचनकै दिन एक हजार प्रति बिक्यो ‘स्वर्णिम रहस्य’

बिमोचनमा खेमले सुनाए स्वर्णिम संसारको रहस्यअरुलाई चिन्न खोज्दा आफैँलाई बिर्सने अबस्था भएपछि पुस्तक लेखे – लेखक खेम शर्मा

Book Launch of “Swornim Rahasya” Its Multiple Dimentions

आफ्नै सपना मिसिएका स-साना परियोजनाहरूस्वर्णिम रहस्य : आध्यात्म र नैतिकताका सुत्रहरु

अष्ट्रेलिया निवासी खेम शर्माको पुस्तक विक्रिको रकमबाट मेलम्ची बाढी प्रभावित क्षेत्रका बालबालिकालाई कापी सहयोग

कृतिसमीक्षा : ‘स्वर्णिम रहस्य’भित्र जीवनको आनन्द !