प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । गर्भावस्थादेखिनै शिशु आफ्नो वंशाणुगत गुणहरू र क्षमताको विकास गर्न सक्षम हुन्छन् । उनीहरूले जन्मे देखिनै इन्द्रियको अनुभवले सिक्न थाल्छन् । प्रारम्भिक बाल्यावस्थामा (गर्भावस्थादेखि आठ वर्षसम्म) बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास हुन्छ ।