हामीले नेपालको एक मात्र अन्तरास्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको आधुनिक तथा बैज्ञानिक सरसफाईको एक महिने स्वयम्सेवी अभियान यहि २०१७ जुलाई ३१ बिहान ५ बजे सम्पन्न गरेका छौ . यहाँ यो बिहानका केहि दृश्य हरु राखेको छु . यो अभियान सम्पन्न गर्न नेपाल सरकारसंग भएको सहमति अनुशार हामीले एक महिना पुरा गरेर हाम्रो जिम्मेवारी बाट बिदा भएका छौ . हामीले आफ्नो जिम्मेवारीको काम सफलता पुर्बक सम्पन्न गरेका छौ . तिस दिन सम्म प्रतिदिन सात घण्टाका दरले २१ जना प्राबिधिक र फिल्ड जनशक्तिले काम गर्दा हाम्रो एक मात्र अन्तरास्ट्रिय विमानस्थलको सरसफाईको अवस्थालाइ आधुनिक बनाउन हामीले संयुक्त रुपमा ४ हजार ५ सय घण्टा समय हाम्रो देशलाइ दिन पाएका छौ . हामीलाई यसमा गर्व छ .

सरसफाई सभ्यताको प्रतिक पनि हो . हामीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सरसफाईको अभियान गरेर विदेशमा भएको हाम्रो भावना , ज्ञान , सीप तथा प्रबिधि हस्तान्तरण गर्न खोजेका थियौ ,त्यसमा हामि सफल भएका छौ . हामीलाई विश्वास छ कि : हामीले सिकाएको सीपबाट यहाँ सधै सुन्दर र सफा राखिने छ . हाम्रो देशका लागि अब सरसफाई जस्तो अनिवार्य र महत्वपूर्ण बिषयको कार्यक्रम अभियानका रुपमा संचालन गर्न नपरोस र अब सबै आफै हओस भन्ने हाम्रो कामना छ . त्यसका लागि सरकारले नेपालमा सरसफाई सम्बन्धि स्पस्ट नीति तथा मापदण्ड निर्धारण गरेर कार्यन्वयनमा ल्याउनु अनिवार्य भएको छ .
मैले नेत्रित्व गरे पनि यो कामको मुख्य नायकहरु भने सम्पूर्ण मजदूरहरु हुनुहुन्छ् . म भक्तजी , नरोत्तमजी , कुसलजी , सजीवजी लगाएतका सबै मजदूर साथीहरुलाई धन्यबाद दिन चाहन्छु . यसैगरी मेरा मित्र रोहिणी जी , विमानस्थलका प्रमुख देवानद जी , नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ज्यु ,आदरणीय कलाकार मित्र हरु मनोज गजुरेल , जितु नेपाल , धुर्मुस –सुन्तली , नेपाली चलचित्र जगतका महानायेक राजेश हमाल , सामाजिक अभियेंता कर्ण शाक्य , बागमती सफाई अभियानका अभियन्ताहरु , मेरा मित्र बिनायक शाह लगाएत होटेल ब्यबशायी संघका पदाधिकारीहरु, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक जोशी ,नेपाल सरकारका पूर्व मन्त्रि दिलनाथ गिरि ,नेपाल सरकारका श्रीमान सचिव ज्युहरु भिम उपाध्याय र दिनेश थपलिया, नेपाल प्रहरीका तत्कालिन डी आइ जी रण बहादुर चन्द, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि जितेन्द्र नारायण देव लगाएत सबैलाइ हार्दिक धन्यबाद दिन चाहन्छु . यो अभियानको मुख्य पहल कर्ता गैर आवाशीय नेपाली संघ का उपाध्यक्ष आदरणीय भवन भट्ट लाइ बिशेस धन्यबाद दिन चाहन्छु , तिन करोड नेपाली जनता जसले हाम्रो सरसफाई अभियान लाइ माया गर्नु भयो सबै प्रति आभारी छु , र कर्तब्य पुरा गर्न सदा तयार हुने प्रतिबद्दता ब्यक्त गर्दछौ . यो अभियानको संदेशलाइ संसार भर फैलाएर जनचेतना जागरण गराउनु हुने रेडियो , टेलिभिजन , अनलाइन , पत्रपत्रिका लगाएत कार्यरत सम्पूर्ण पत्रकार मित्रहरुलाइ पनि म बिसेष धन्यबाद दिन चाहन्छु . अन्तमा मलाई देश र समाजको सेवा गर्न सानै देखि प्रेरित गर्नु हुने मेरा बुवा , आमा ,दाजु , भाउजु लगाएत मेरा अविभावकहरु लाइ म धन्यवाद व्यक्त गर्दछु . र, मलाइ समाज सेवा र देश प्रतिको कर्तब्य निर्बाह गर्न प्रेरित गर्ने जिबंन संगिनी प्रीति दाहाल प्रति म आभारी छु
धन्यबाद


Related Media Posts

एनआरएनले सुरु गरे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियान

एनआरएनएले सुरु गर्यो अन्तराष्ट्रिय विमानस्थल सफाई अभियान, १ महिनासम्म सरसफाइ तालिम दिने

आफ्नो बर्थडेमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाई काममा व्यस्त हुने शर्माको घोषणा

त्रिभुवन विमानस्थलको सरसफाइ देखेर झुक्किन्छन् यात्रुहरू, खेमको कामले भयो चमत्कार

आहा! नेपालको अन्तर्राष्ट्रिय विमानस्थल

खेम शर्माको नेपाल मोह र सरसफाई अभियान

देशको मुहार हो विमानस्थल: भवन भट्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाई नमुना बन्दै (फोटो फिचर)

Khem Sharma Returns For Australia After Conducting TIA Clean-Campaign

Australian cleaner wows Nepalese people as he leaves behind a squeaky clean Kathmandu airport

विमानस्थल सफा देख्दा आनन्द लाग्यो: राजदूत शेर्पा    

  अष्ट्रेलियामा पूर्व प्रम नेपालले भने-नेपालको विकासको लागि प्रवासी नेपालीको भूमिका महत्वपूर्ण

एक महिने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सफाई अभियान सम्पन्न, भवन भट्ट भन्छन्, ‘यो सुरुवात हो, सफाई धेरै ठाउँमा गर्न बाँकी छ’

एक महिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाई अभियान सम्पन्न

विमानस्थलमा चमत्कार ल्याएकाहरु भन्छन् ‘यो सुरुवातमात्रै हो, सफाई राजनीतिमापनि गर्न बाँकी छ’

                          चिटिक्क बन्यो विमानस्थल