लामो समय बेलायत बसेर पढेकी प्रोफेसर स्मीता दाहालसँग मेरो परिचय अध्यापनकै क्रममा भएको हो । उनी केही समयलाई भोलिन्टिएरका रुपमा नेपाल आएकी थिइन् । उनको बौद्धिक विचार र व्यवहारले म उनीसँग झ्याम्मिएको थिएँ । केही समयको बसउठपछि उनले मलाई भनिन्, ‘भूवन, नेपाली भाषामा जीवनपयोगी किताव केके छन् ।’मैले केही दर्शनसाहित्यका केही कितावहरुको नाम दिएँ । उनी सन्तुष्ट भइनन् । भनिन्, ‘मैले यस्ता किताव भनेको होइन । जुन सामान्य मानिसले पनि पढ्न सकुन् र धेरै कुरा बुझ्न र व्यवहारमा उतार्न सकुन् । त्यस्ता किताव छैनन् ?’त्यतिखेर म नाजवाफ भए । अहिले उनी बेलायत फर्कीसकिन् । नत्र म उनलाई ‘स्वर्णिम रहस्य’ पढ भनेर दिने थिएँ । र उनी निराश हुने थिइनन् सायद ।