मेलम्ची (सिन्धुपाल्चोक) – अष्ट्रेलियामा स्थापित उद्यमी बन्न सफल नेपाली युवा समाजसेवी खेम शर्माले आफ्नो नयाँ पुस्तकको विक्रिबाट नेपालमा विपन्न समुदायका बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग अभियान सुरु गर्नु भएको छ ।

शर्माले गत वर्ष नेपालबाट अष्ट्रेलिया फर्किदा अनिवार्य १४ दिन विताउनु पर्ने ‘क्वारेन्टीन’को समयमा लेखेको ‘स्वर्णिम रहस्य’ नामक पुस्तकको विक्रिबाट उठेको रकमबाट यस्तो सहयोग अभियान सुरु गर्नु भएको हो ।